- बिनय तिम्सीना

साँखेजुङ, १७ पुसः इलामको साँखेजुङमा रहेको पोलिटेक्निकल इन्स्टिच्युट शुरु भए सँगै टेक्निकल विषयमा लगाभ बढेको छ देशका विभिन्न जिल्लाबाट यहाँ पढ्नेको भिडलग्न थालेको छ । हेटैँडामा बसेर पढ्दै गरेका सागर श्रेष्ठ अध्ययनका लागि इलामको साखेजुङ पुगेका छन् । निक्कै चिसो हुने करिव १८ सय मिटरको उचाईमा रहेको पोलिटेक्निक इन्स्टिच्यूटमा आएका उनको घर र यहाँको मौसम मिल्दोजल्दो छैन । तर पनि उनलाई आइएसिएजी इन एनिमल साइन्स अध्ययनकालागि मौसम बाधक बनेन । अभिभावकको उत्प्रेरणा र पढाईकालागि चियाबारीको गाउँ इलाम आएका हुन ।
यता डोटी बाटपनि सरोज भट्ट इलाम पढ्न आई पुगेका छन् उनलाई पनि लामो बाटो र इलामको चिसोले रोकेन ।

धरानकी कुमारी महत पनि वातावरण अनुकुल हुने र पढाई राम्रो हुने विश्वासमा इलाम नगरपालिका १ को साँखेजुङस्थित रत्ककुमार वान्तवा पोलिटेक्निटक इन्स्टिच्यूटमा अध्ययनरत छिन् । पहिलो पटक पठनपाठन हुन थालेपनि यो विषय पढेपछि राम्रो अबसर पाइने र इलामको चिसो वातावरणमा अध्ययन प्रभावकारी हुने उनको पनि बुझाई छ ।
साँखेजुङकै खेमराज दहालले यस अघि नै साइन्सबाट आइएसी सिध्याएका थिए । तर सिटिइभिटी अन्तर्गत यहाँ पढाई हुने थाहा पाएपछि उनी पनि पढ्न थालेका छन् ।
प्राकृतिकरुपमा सुन्दर इलामको अध्ययन थप प्रभावकारी हुने ठानेर आएको उनको पनि प्रतिकृया छ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आर्कषण थपिदै गएकाले अध्ययनकालागि लामो दुरी पार गरेर आउनेहरु उल्लेख्य पाइयो ।

बाह्रै महिना चिसो हुने भएकाले विद्यार्थीको अभाव हुन्छ की भन्ने चिन्ता इन्स्टिच्युट व्यवस्थापनालाई लागेको थियो । पहिलो सिजनमा विद्यार्थी भर्ना आवेदन माग गरेपछि पूर्वी जिल्ला मात्र हैन पश्चिमी क्ष्ँेत्रवाट पनि इच्छुक विद्यार्थीले आएपछि इन्स्टिच्युटको त्यो शंका मेटिएको छ । बरु इलामको मौसम राम्रो भएकोले पढ्न आएको अधिकांश विद्यार्थीको प्रतिकृया छ । एसइइ परिक्षामा विज्ञान, अंग्रेजी र गणितमा ‘सी’ र कूल परिणाममा १ दशमलव ६ अंक हासिल गर्ने विद्यार्थीले यहाँ भर्ना पाउछन् । तर यसअघि नै एसएलसी उतिर्ण भई विभिन्न संकायमा प्लस टु सकेका विद्यार्थी पनि पशु विज्ञान अध्ययनकालागि आएका छन् ।
स्थानीयदेखि पश्चिमी डोटीदेखिका विद्यार्थी यहाँ अध्ययनकालागि भेलिएका छन् । पाँच वर्षदेखि संरचना निर्माणमा लागेको इन्स्टिच्यूटमा भर्खरैदेखि मात्र पढाई सुरु भएको हो । आउदो वर्षमा कृषि र विज्ञान विषयमा पनि अध्ययन सुरु हुने इन्स्टिच्यूटले जनाएको छ ।
‘सूरुमा कोटा अनुसार विद्यार्थी नआउने हुनकी भन्ने चिन्ता भए पनि देशभरका विद्यार्थीको आर्कषण देखिएको छ,’ प्रमुख होमनाथ अधिकारीले भने, ‘दक्ष शिक्षक पनि उपलब्ध भएकाले पठनपाठन सहज ढंगले अघि बढेको छ ।’

तीन वर्षमा १ लाख ५२ हजार ५ सय रुपैयाँ तिरेर कोर्ष पूरा गर्न सकिने इन्स्टिच्यूटले जनाएको छ । कोर्ष पूरा गरिसकेपछि बिएसिएजी पढ्न र अध्ययन अनुसारको अबसरमा विद्यार्थीले प्रतिष्पर्धा गर्न सक्नेछन् ।
इलाम सदरमुकामदेखि २५ किलोमिटर उत्तर मेचीराजमार्ग आशपास सञ्चालित इन्स्टिच्यूटको निरन्तराको स्थानीयले कामना गरेका छन् । पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालसहित स्थानीयवासीले जग्गा निशुल्क प्रदान गरेपछि सिटिइभिटीले इन्स्टिच्युटको भौतिक निर्माण थालेको थियो ।
इन्स्टिच्युटकालागि सवै पूर्वाधार तयार नभएकाले भने समस्या छ । हाल एकेडिमक भवनको लाइब्रेरी कक्ष्ँमा विद्यार्थीलाई पढाईदै आएको छ । त्यस्तै प्रयोगात्मक कक्षा पनि तयारी नभएकाले अप्ठेरो छ । एउटा प्रशाशनिक भवन, प्रमुख निवास, काउसेट र पशुहस्पिटलको निर्माण कार्य पूरा भएको छ । शैक्षिक प्रयोजनका पाँचवटा भवन निर्माणाधिन छन् । माघसम्ममा सवै संरचना निर्माण पूरा हुने भएकाले त्यसपछि सहज ढंगले पठनपाठन हुने इन्स्टिच्यूटका साइड इन्जिनियर रुपेश मैनालीले जानकारी दिए ।