साहित्य,कला र सङ्गितको सङ्गम सुमधुर तरङ्ग बग्यो भालुढुङ्गामा

इलाम, १८ पुसः इलाम सदरमुकामबाट लगभग ३ कि.मी. दुरिमा रहेको पर्यटकिय गन्तव्य  भालुढुङ्गामा सोमबार एकीकृत ओडारे भालुढुङा पर्यटन क्षेत्र विकास समितीले अङ्ग्रेजी नया वर्षको अवसर पारेर पर्यटकिय गन्तव्य  भालुढुङ्गामा साहित्य कला सङ्गितको सङ्गम त्रिवेणि कार्यक्रमको आयोजना गरेको छ।
बिमल बैध, प्रविन श्रेष्ठ, देवि भट्टराई, प्रतिभा पौडेल, सुमन ल्यागुन, बिक्रम नेपाली, सुजन अधिकारी लगायत सदरमुकामका लगभग दस जना भन्दा बढी श्रष्ठा, कवि, गजलकार, साहित्यकारहरुले आफ्ना साहित्यिक सृजनाहरु बाचन गरेका उत्त कार्यक्रममा इलामका ओझेलमा परेका सृजनशील हात फाइन आर्टिस्ट तिर्थ जवेगुका एकल आर्ट प्रदर्शनी समेत गरिएको थियो 
स्थानिय गायक उमेश गुरुङ्ग र सुजन खडकाले गितहरु गाएका थिए।स्थानिय पर्यटन प्रवर्द्धन सङ्गै साहित्य, कला, सङ्गितलाइ पनि जोडेर सङ्गै प्रवर्द्धन गर्दै लजाने अभिप्रायले उत्त कार्यक्रमको आयोजना गरेको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिदै लैजाने कुरा एकीकृत ओडारे भालु ढुङ्गा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष हरि गुरुङ्गले बताए।सो अवसर पारेर गडिथुम्का वडा नम्बर ६ भालुढुङ्गा जाने बाटोमा पर्यटकिय स्थल भालुढुङ्गा घुम्न आउने पर्यटकहरुलाइ स्थानिय विभिन्न जात जातिका परम्परागत खाना परिकारलाइ समेतको प्रचार प्रसार र सेवाका निम्ति ब्यवसायिक रुपले खुलेको ‘तमु कटेज’को इलाम इलामको माटोमा जन्मिएर इलामलाइ कर्म थलो बनाएका राष्ट्रलाई प्रतिनिधित्व गर्दै गरेका युवा कवि बिमल बैद्यको हातबाट एक समारोह बिच रिवन काटि औपचारिक उदघाटन समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता