दोलखाको साउनेपानीमा ट्याक्टर दुर्घटना चार घाईते, दुईको अवस्था गम्भीर

दोलखा १७ पुषः दोलखाको कालिन्चोक गाउँ पालिका वडा नम्बर ७ सुनखानीको साउनेपानी  भन्ने स्थानमा रातिको समयमा ट्रयाक्टर दुर्घटना भएको छ।
लापिलाङमा सामान पुर्याएर फर्कने क्रममा सो दुर्घटना भएको प्रत्यक्षदर्शी घनश्याम शिवाकोटीले बताए।  दुर्घटनामा परी चार जना घाईते भएका छन् भने दुईको अवस्था गम्भिर रहेको छ। चालक र ट्याक्टर नम्बर खुल्न सकेको छैन।
रात परेको कारण घाइतेको उद्धार गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
स्थानीयले सिंगटी प्रहरी चौकी लाई जानकारी गराएका छन्।  ट्रयाक्टर सडकबाट करीब ४०  मिटर तल खसेको शिवाकोटीले बताए। दुर्घटना भएको ट्रयाक्टर र  घाइतेको विवरण खुल्न सकेको छैन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता