
इलाम, २४ पुस, इलामको उच्च पहाडमा जाडो वढेसँगै तुसारो छर्ने क्रम पनि वढेको छ । इलामको उच्च पहाडमा तुसारो अत्यधिक झर्नाले गर्दा किसानको खेती बाली पनि नस्ट हुन थालेको छ । इलामको देउराली, माईमझुवा, पशुपतिनगर, नयाँबजार, रक्से लगायतका ठाउँमा तुसारो धेरै झर्नाले हिउँदे आलुवाली नस्ट हुन थालेको हो ।

अत्यधिक तुसारो झर्नाले चिया, अम्लिसो, अलौँची लगायतका बालीमा पनि असर गर्ने गरेको छ । लेकाली भेगमा हुने विरुवाहरु पनि मर्न थालेको माइमझुवाका रतन गुरुङ बताउँछन् ।

तस्वीर प्रकास ढकालको फेसवुकबाट