उद्यमी व्यवसायी र कृषकहरुलाई उत्तरदायी बनाउन इलाममा तालीम

इलाम, १ चैतः  उद्यमी व्यवसायी र कृषकहरुलाई समाज प्रति उत्तरदायी बनाउन प्रेरित गर्ने उद्देश्यले इलाम सदमुकामा आज एक दिने तालीम सम्पन्न भएको छ । तालीममा ‘बहुराष्ट्रिय उद्योग घोषणापत्रको बारेमा सहभागीलाइ जानकारी गराइएको  थियो । 
उद्योगी र श्रमिक दुवैले आफ्नो जिम्वबेवारी पुरा गर्नु पर्ने  ,उद्योगी र श्रमिककोबीचमा  सम्बन्ध सुमधुर राख्नु पर्ने  जसले गर्दा दुवैले त्यसबाट लाभ लिन सकिने बारेमा सचेत गराइएको थियो । एक देशमा स्थापना भएको उद्योग अन्य देशमा संचालन गर्दा त्यही स्थानको श्रमिक , स्रोत साधनको प्रयोग गर्नुपर्ने जस्ता विषयमा जानकारी गराइएको थियो ।  उन्नतीको सहयोगमा आइएलओ र नेपाल उद्योग परिसंघले आयोजना गरेको हो । तालीममा इलाम , पाचथर र ताप्लेजुङका  उद्यमी, व्यवसायी, कृषक सहकारीसँग आबद्ध ३० जनाको सहभागिता रहेको आयोजक नेपाल उद्योग परिसंघका जिल्ला समन्वयकर्ता राजु अधिकारीले बताए  ।   तालिमको सहजीकरण अधिबक्ता रामकृष्ण काफलेले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता