करफोकमा टिफरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक गम्भिर

इलाम, २ चैत्रः मेची राजर्माग अन्तरगत करफोकको पञ्जकन्या मन्दिर अगाडि को १ ख ६४६१ नं. को टीफरले मे ८ प ८७६० नं.को मोटरसाईकललाई ठक्कर दिंदा मोटर साईकल चालक रुद्र परियार गम्भिर घाइते भएका छन्  ।
रोङ गाँउपालिका–१ का परियार जिल्ला शिक्षा कार्यालय इलाम माङ्सेबुङ गाउपालिका अन्तर्गतका श्रोत व्यक्ति हुन । गम्भिर घाइते भएका परियारलाई उपचारको लागी झापा स्थित विएन्डसी अस्पताल लगिएको तिनघरे ट्राफिक पोष्टका गोपाल शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता