किसानले कहिल्यै पाएनन् सरकारीे सेवा

रोङ १ चैतः सरकारले कृषकहरुलाई सहयोगको लागि सबै वडाहरुमा पशु र कृषि प्राविधिक राखेको भएपनि उनीहरुबाट किसानले सहयोग पाउन सकेका छैनन् । विगतमा साबिकको गाउँ विकास समितिहरुका कार्यलयमा नै हाजिर गरेर बस्ने गरेका प्राविधिकहरुले पहिला गाउँ विकास समितिका सचिवहरुलाई पालो दिएका भएपनि अहिले जननिर्वाचित प्रतिनिधिहरु आइसक्दा पनि उनीहरुको काम प्रभावकारी पाइएको छैन् । प्राविधिकहरुको काम कार्यालयमा बसेर गर्ने भन्दापनि किसानहरुको बारी र गोठमा हुने भएपनि रोङ गाउँपालिका– ६ साबिक जिर्मलेमा रहने कृषि प्राविधिक मोहन अधिकारी भने किसानहरुको सम्पर्कमा रहेतापनि पशु प्राविधिक  वेदनिधी  दाहाललाइ भने किसानहरुले देखेका पनि छैनन् । 
भौगोलिक हिसाबले तीन खण्डमा बाडिएको रोङ गाउँपालिका ६ जिर्मलेको सलकपूर खण्ड फलफुल र सुन्तला खेती र रम्भ्याङ पशुपालन तथा कुवापानीमा दुवैको प्रणालीको मिश्रित रहेको छ । यसरी हेर्दा पनि रम्भ्याङमा पशु प्राविधिक जरुरी देखिएपनि प्राविधिक दाहाल अहिलेसम्म एकपटक मात्र आएका बताउछन् । यहाँको पशुपालक किसान समस्या परेमा निजी प्राविधिकबाट सहयोग लिने गरेका बताउँछन् । यसबारेमा पशु प्राविधिक वेदनिधी दाहालसँग सम्पर्क गर्दा ठूलो क्षेत्र भएकोले सबैतिर सेवा दिन नसकिएको बताउदै हालसम्म कतिलाइ सेवा दिइयो तथ्यांक नरहेको र वडा कार्यालयमा चाही सेवा लिन सेवाग्राहीहरु नआउने गरेका बताउँछन् । यसबाट पनि स्पष्ट हुन्छ कि उनले सेवा चाही कसलाई दिए त ? एक स्थानीयले गुनासो गरे ।
यस बारेमा वडा नं ५ का वडाध्यक्ष  मनिकुमार स्याङ्बो सुबाससँग बुझ्दा आफुले वडाभित्र रहेका सबै किसानहरुको घरमा गएर किसानहरुको वास्तविक तथ्याङ्क संकलन गर्न आग्रह गरेको र वास्तविक तथ्याङ्क आएपछि उनीहरुलाई कहाँ र कसरी परिचालन गर्ने हो योजना अनुसार किसानहरुले प्रत्यक्ष लाभ लिने गरि पुनः पठाइने बताए  । जिर्मलेमा पशुपालनको राम्रो सम्भावना रहेको भएपनि पहिलो चरणमा दुग्ध बिक्री हुने स्थानमा समुह गठन गरि ‘एक किसान चार गाई, दश किसान एक समुह र दश समुह एक सहकारी’को कार्ययोजना बनाएर लैजाने उनको भनाई रहेको छ । तर किसानहरुले भने भविष्यको गतिलो योजना भन्दा पनि अहिलेको समस्या समाधानमा लाग्नुपने अपेक्षा गरेका छन् ।
आलुको बिक्रीमा
त्यस्तै, रोङ गाउँपालिका–५ मा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत देवानछाप खोर्सानी उत्पादन पकेट कार्यक्रमले उत्पादन गरेको आलुको बिक्री सुरु भएको छ । घुम्ती बाली चक्र अन्र्तगत खोर्सानीको सिजन नभएको अवस्थामा आलु खेती भइरहेको हो । प्रचलित बजार मुल्यमा करिब १ सय ३० मन आलु बिक्रीको लागि सार्वजनिक सुचना प्रकाशित गरिएको कार्यक्रमका अध्यक्ष बमबहादुर सक्तेन राईले जानकारी दिएका छन् । आलु खरिद गर्न चाहने इच्छुक स्थानीयबासी वा ब्यापारीले अध्यक्ष वा सचिबसँग सम्पर्क राख्न सकिने अध्यक्ष राईले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता