महेन्द्ररत्न क्याम्पसमा रेडक्रस सर्कल

इलाम, ३० फागुनः महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सागर अधिकारीको अध्यक्षतामा नेपाल रेडक्रस सर्कल गठन भएको छ । 
समितिको उपाध्यक्षमा अञ्जु शिवाकोटी, सचिव सम्झना राई, सहसचिव अन्वेश राई र कोषाध्यक्षमा जिविका लिम्बु चयन भएका छन् । मुल कार्यसमिति ११ सदस्यीय रहेको छ । सोही भेलाले प्रकोप, रक्तसञ्चार, सञ्चार र अर्थ समिति समेत चयन गरेको छ । सो समितिको संयोजकमा क्रमशः निलम राई, उपमा चापागाईं, निर्मला कुँवर र महेश सुवेदी रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता