मेची राजमार्गको भालुखोपमा पहिरो, ठूला सवारी साधन आवतजवतमा समस्या

मेची राजमार्गकाे गाेदककाे नारायण चाैक घट्टा  खण्डमा भएकाे पहिराेकाे फायल फाेटाे 
इलाम, २० असारः इलाम सुर्योदय नगरपालिकाको भालु खोप स्थित मेची राजमार्गमा अबिरल परेको बर्षाको कारण सडकको छेउ बाट पहिरो जादा छेउमा रहेको ११००० भोल्टको  बिजुलिको पोल ढलीको छ । पहिरोले सडकको  १ मिटर कालो पत्रे चौडाइ  र 
लगभग ४५ लम्बाईको भाग लगेको छ । पहिरोकारण सो बाटोमा   धैरै लोड भएका गाडीहरु (स्काई भेटर बोकेको गाडी, धेरै लोड भएको ट्रकहरु) आवत जावत गर्न समस्या भएको छ अन्य सवारी साधन सुचारुनै रहेको जानकारी जिल्ला प्रहरी कार्यालय इलामले दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता