मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते

मोरङ, २६ साउन : मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-५ स्थित भित्री सडक खण्डमा साउन २५ गते साँझ ६ बजे मोटरसाइकलले ठक्कर दिदा  ५ वर्षीय बालक घाइते भएका छन् । को२९प ४७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट सडकमा खेल्दै गरेका उर्लाबारी नगरपालिका-५ बस्ने रत्नजंग राईको छोरा अविरल राई घाइते भएका हुन् ।
घाइते बालकलाई मोटरसाइकलका चालक मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिक-७ बस्ने वर्ष ४५ को ईन्द्र बहादुर खड्काले उपचारका लागिअरनिको अस्पताल, उर्लाबारी पुर्याोएका छन् । मोटरसाइकल इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता