ट्याक्टर र बस ठोक्किदा २ जना घाइते

संखुवासभा, २६  साउन : संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-९ स्थित बेलडाँडामा साउन २५ गते दिउँसो ३ बजे बस र ट्याक्टरठोक्किदा २ जना घाइते भएका छन । 
काठमाण्डौबाट खाँदबारीतर्फ आउदै गरेको ना७ख १३४५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को२त ३९६२ नम्बरको बालुवा बोकेको ट्याक्टर एक आपसमा ठोक्किदा बसमा सवार भोजपुर जिल्ला अरुण गाउँपालिका-५ स्थित आरुखर्क बस्ने वर्ष २९ को राज कुमार रम्तेल र ट्याक्टरमा सवार संखुवासभा मादी नगरपालिका-६ बस्ने वर्ष २९ को चन्द्र राई घाइते भएका छन् ।
दुबै घाइतेको चैनपुर अस्पतालमा उपचार गराईएको छ भने बस तथा ट्याक्टरका चालक जिल्ला प्रहरी कार्यालय संखुवासभाको नियन्त्रणमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता