
झापा, २६ साउनः झापा जिल्लाको मेचीनगर नगरपालिका-१३ स्थित मेची राजमार्गमा साउन २५ गते बेलुकी ८:३० बजे मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ५ प ५०५१ नम्बरको मोटरसाइकल आफै दुर्घटना हुँदा मोटरसाइकका चालक झापा जिल्ला मेचीनगर नगरपालिका-१२ बस्ने वर्ष ३५ को सन्तोष चाँपागाई घाइते भएका छन् । घाइते चाँपागाईको बि.एण्ड.सि. अस्पताल विर्तामोडमा उपचार भई रहेको छ भने मोटरसाइकल प्रहरी चौकी चारआलीमा राखिएको छ ।