
रुपन्देही, ३१ साउन (रासस) सैनामैना नगरपालिकामा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आउँदै गरेको लु१ज २७२८ नं को विङ्गर गाडीले लु१प ७७४३ नं को मोटरसाइकलालाई ठक्कर दिएपछि मोटरसाइकल चालक सैनामैना– ५ का ३०
वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिनुभयो । दुर्घटनापछि उत्तेजित एक समूहले सो विङ्गरमा आगजनी गरेको छ ।