सडक विस्तारमा नियतबस जग्गा मिचेकाे भन्दै न्यायीक समितिमा उजुरी

इलाम, २७ साउनः  हर्कटे-तारागाउँ-रम्याङ्ग सडक विस्तारका क्रममा सूर्योदय नगरपालिकाले पुर्वाग्रही हिसावले सडक विस्तार गरेको भन्दै पिडितले न्यायीक समितिमा उजुरी दिएका छन् । तोएिको मापदण्ड कायम गर्ने भनी सडकको दाँयाबाँया दुवैतीर सडक विस्तार गर्नुपर्नेमा एकैपट्टि राजनीतिक रिसिबि र पुर्वाग्रही हिवासबले काम गरिएको भन्दै सूर्योदय नगरपालिका ६ नम्बर वडाका स्थानीय इश्वरी बरालले स्थानीय न्यायीक समितिमा उजुरी दिएका हुन् ।
सडकको सर्भे गर्दा सूर्योदय नगरपालिकाका इञ्जिनियरले हर्कटे बजार क्षेत्रको दाँयाबायाँ नै विस्तार गर्ने गरि मार्किङ्ग गरिएपनि स्थानीय जनप्रतिनिधिले आफुखुशि सर्भे गरि जग्गा मिचेको पिडितले दिएको उजुरीमा उल्लेख छ । नगरपालिकाबाट पटक पटक अनुगमन भएपनि आफ्नो गुनासो सुन्ने काम नभएको भन्दै स्थानीय इश्वरी बरालले सूर्योदय नगरपालिकाको न्यायीक समितिमा शुक्रबार उजुरी दिएका हुन् ।
पिडितले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ सुर्योदय नगर समिति, नेकपा नगर कमिटी र नेकपा जिल्ला कमिटी इलामलाई बोदार्थ दिएका छन् । इञ्जिनियरले सडक निर्माण गर्दा दुबैपट्टि क्षेत्रबाट विस्तार गर्नुपर्नेमा वडा नम्बर ६ का अध्यक्ष सिव बस्नेत र नगरपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक होम कार्कीको निर्देशनमा सडकको एकै भाग मात्रै कटिङ्ग गरि सडक निर्माण भइरहेको स्थानीयबासीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता