प्रेम बचाउ अभियानमा लाखौं घोटालाको आरोप/ सुदर्शनले ठगे, श्रीमानले लुटे- आशुको दहमा मायाँ !(भिडियोसहित)

काठमाडौं । न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रमको आज २६१ औं इपिसोड हो । यो इपिसोडमा पनि तपाईमाझ विभिन्न विषेश रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
यस कार्यक्रममा स्काइप र फोन कलबाट गरिने कुनै पनि संवादलाई जस्ताको तस्तै (कुनै छाँट काट नगरी) लाइभ प्रशारण गर्ने गरिन्छ । यसरी कुनै छाँट काट नगरी लाइभ प्रशारण गर्ने यो कार्यक्रमको विशेषता नै हो ।
आजको विशेष कार्यक्रम निम्न विषयका रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. आजको यस विशेष कार्यक्रममा ‘स्कुलले विद्यार्थीहरुलाई यसरी इसाई धर्मको प्रचार गर्न लगाउँदै’ भन्ने विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ ।
एक विद्यार्थीले विद्यालय पोशाकमा नै इसाइ धर्म सम्बन्धी पुस्तक वितरण गर्दैै हिडिको तस्वीर सामाजिक सञ्जालमा आएपछि हाम्रा दर्शकले यो विषय खोज गर्न आग्रह गरे । उनले लगाएको पोशाकलाई पछ्याउँदा उनि काठमाडौं कोटेश्वरमा रहेको गुड सेर्फड स्कुलका विद्यार्थीहरु रहेछन् ।
२. त्यस्तै कार्यक्रमको आजकै इपिसोडमा ‘श्रीमतिलाई सडकमा छाडेर अमेरिकमा श्रीमानको मस्ती’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।
मिटर व्याजमा पैसा लिएर अवैधबाटो हुदै श्रीमानलाई अमेरिका पठाएकी मायां गुरुङलाई दलालले मात्र होइन अ‍ेरिका पुगेका आफ्नै श्रीमानले धोका दिएपछि सडकमा पुगेकी छन् ।
उनले २०६४ सालमा पोखराका सुरज बजगाईसँंग प्रेम बिवाह गरिन् । सँगै व्यवसायी सुरु गरेपनि श्रीमानले अनैतिक काममा लागेपछि मलेशिया पठाईन् । मलेसिया पुगेर कमाउनको साटो उल्टो नेपालबाट हुण्डी मार्फत पैसा पठाएर नेपाल फर्काउनु प¥यो । न्युज ट्वान्टीपफाेरबाट जस्ताकाे तस्तै
हेर्नुहाेस  भिडियाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता