तीन खेलाडीलाई बिदाइ

बिर्तामोड, २९ साउनः  ग्यालेक्सी फिटनेस बिर्तामोडले तीनजना खेलाडीलाई काठमाडौँ र पोखरामा हुने प्रतियोगितामा सहभागिताका लागि बिदाइ गरेको छ । ग्लालेक्सीले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी एभरेष्ट शारीरिक सुगठन, मिस्टर बुल्समेन र मिस्टर धर्मश्री प्रतियोतिाका लागि तीनजना खेलाडीसहित टिम मेनेजर चन्द्र राना मगरलाई मंगलवार बिदाइ गरेकोे हो । 
एभरेष्ट शारीरिक सुगठन प्रतियोगिताका लागि ललीत धिमाल र उमेश राई र बुल्समेनका लागि प्रकाशचन्द्र चौधरीलाई पठाइएको जनाएको छ ।
भदौ १ र २ गते काठमाडौँमा हुने दोस्रो मिस्टर एभरेष्ट शारीरिक सुगठन, भदौ १५ र १६ गते पोखरामा हुने मिस्टर बुल्समेन र असोज १९ र २० काठमाडौँमा हुने मिस्टर धर्मश्री प्रतियोगितामा सहभागी हुनेछन् । उनीहरुलाई ग्यालेक्सीले प्रतियोगिताको लागि ट्याक्सुट उपलब्ध गराएको छ । 

ग्यालेक्सी सञ्चालक सन्दिप शेर्माको अध्यक्षतामा भएको बिदाई कार्यक्रमको प्रमुख अतिथि आशिष बन रहेका थिए । कार्यक्रममा सञ्चालक वेरिस उदास, प्रेम राजवंशीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि जाने खेलाडीलाई अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सहयोग गरेकोमा प्रमुख अतिथि बनले धन्यवाद दिए । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता