ताप्लेजुङमा गोरु काटेको अभियोगमा १ पक्राउ

ताप्लेजुङ, २९ साउनः ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-३ मेदिबुङ बस्ने लक्ष्मण बहादुर थापालाई गोरु काटेर मासु विक्री गरेको अभियोगमा साउन २८ गते सोमबार साँझ ५ बजे प्रहरीले पक्राउ गरेको छ । स्थानीयले प्रहरी कार्यालयमा थापाले गोरु काटेर मासु बिक्री गरी रहेको भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे थापालाई पक्राउ गरेको हो। प्रहरीले उक्त स्थानबाट गोरुको छाला तथा हाडहरु समेत बरामद गरेको छ ।  पक्राउ परेका थापालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता