पाँचथर, २ भाद्रः पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ स्थित हेवा खोलाले बगाएर १ जना बेपत्ता भएकी छिन् । फिदिम नगरपालिका- १ बस्ने वर्ष ६५ को देवी प्रसाद सम्बाहाम्फेलाई साउन ३१ गते बिहिबार स्थानीय हेवा खोलामा माछा मार्नेक्रममा खोलाले बगाई बेपत्ता बनाएको भन्ने जानकारी भाद्र १ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्राप्त भएको हो । घटना बारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी र स्थानीय गाउँलेबाट बेपत्ता मानिसको खोजी कार्य भईरहेको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता