चम्लागाईँ प्रतिष्ठान २०औँ वर्षमा

बिर्तामोड, ६ भदौँः चम्लागाईँ प्रतिष्ठान झापाले २०औँ स्थापना दिवस मनाएको छ । शनिबार बिर्तामोडमा एक कार्यक्रमका माझ प्रतिष्ठानले स्थापना दिवस मनाइएको हो । 
कार्यक्रममा चम्लागाईँ प्रतिष्ठानले माइधार कोटीहोममा निर्माण गर्न लागेको भवनका विषयमा छलफल गरेको छ । प्रतिष्ठानका प्रदेश –१का उपाध्यक्ष शिव शर्मा चम्लागाईँले प्रतिष्ठानलाई २० वर्षको जवानसम्म पु¥याउन अग्रजले पु¥याएको योगदानको चर्चा गरे । झापामा निर्माण गर्न लागिएको भवनमा जिल्ला भरका सबै चम्लागाईँ एकजुट हुनुपर्ने धारण राखेका छन् । उनले भवन निर्माणमा आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बन्धुत्वको भावना विकास गराउन यस प्रकारका कार्यक्रमले सहयोग पु¥याउने उनले जनाए । 
त्यस्तै चम्लागाईँ प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष तथा प्रदेश–१ का सदस्य नारायण चम्लागाईँले भौगोलिक हिसाबले झापामा काम गर्न सहज भएको बताउँदै आफ्नो जिल्लामा प्रतिष्ठानले सक्रिय रुपमा काम गरिरहेको सुनाए । उनले चम्लागाईँ प्रतिष्ठान अर्जुनधारा नगर समितिले गर्दै आएका कामको प्रसंशा गरे । प्रतिष्ठानका जिल्ला उपाध्यक्ष भरतले स्वागत गरेको कार्यक्रमको औचित्य माथि प्रकाश जिल्ला सदस्य सन्तप्रसाद चम्लागाईँले पारेका थिए ।  
प्रतिष्ठानका जिल्ला अध्यक्ष माधव चम्लागाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अर्जुनधारा अध्यक्ष लक्ष्मीप्रसाद, कनकाईका अध्यक्ष नगेन्द्र, मेचीनगरका अध्यक्ष मिनप्रकाश, बिर्तामोडका प्रतिनिधि भेषराज, प्रतिष्ठानकी जिल्ला कोषाध्यक्ष सुनिता चम्लागाईँ लगायत विभिन्न स्थानीय तहबाट उपस्थित भएका प्रतिनिधिले बोलेका थिए । 
प्रतिष्ठान झापा सचिव नारायणप्रसाद चम्लागाईँले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सल्लाकार समिति सदस्य टीयन, जनक, जयनारायण, दमक प्रतिनिधि हरिशचन्द्र चम्लागाईँ लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै चम्लागाईँ प्रतिष्ठान इलाम जिल्ला कार्यसमितिले पनि देउमाइ नगरपालिका –५ धुसेनीमा स्थापना दिवस मनाएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष मेघप्रसाद चम्लागाईँको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक भवानीप्रसाद र  खरीमाया  चम्लागाईँलाई सम्मान गरिएको प्रतिष्ठानका सदस्य गौँरीशंकर चम्लागाईँले बताए । सोही अवसरमा प्रतिष्ठानको स्तरोन्नतिको लागि छलफल, संगिनी प्रस्तुति लगायत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता