तमु समाज कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा इटहरी निवासि राजु गुरुङ


“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरु को साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन हिजो २२ सेप्टेम्बरमा फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेस्टरेंट मा भब्यताका साथ सम्पन्न गरेको छ ।
निर्वतमान अध्यक्ष खोप गुरुङको अध्यक्षता र समाज को महासचिब यम तमु र सदस्या रन्जना तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेको अधिवेशनमा नेपाली दुताबास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यता रहेको थिए। भने नेफेसो कुवेत को प्रथमअधिबेशन लागि प्रमुख अथिती रुपमा नेपाल बाट पल्नु भएका माननीय पुर्ब मन्त्री तथा सम्बिधानसभाको सदस्य साथै सङ्घीय समाजबादि फोरोम नेपालको सह अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बिशेष अतिथिको रुपमा थिए भने कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सदस्या कलाकर शोभा तमुस्यो ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए ।
तमु समाज कुवेतको उत्तरोत्तर प्रगतिको कामना गर्दै महामहिम राजदुत र नेपाल बाट पल्नु भएका माननीय पुर्ब मन्त्री तथा सम्बिधानसभाको सदस्य साथै सङ्घीय समाजबादि फोरोम नेपालको सह अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ,ले नेपाल अनेकतामा विविधता र विविधतामा एकता भएको मुलुक भएकोले हामीले सम्पूर्ण जातिको धर्म र संस्कृतिलाई जोगाएर राख्नु पर्ने र तमु समाज गुरुङ जातीको हित र एकताको लागि संचालित रहेकोमा खुशी व्यक्त गर्दै अधिवेशनद्वारा निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनु भयो । त्यसैगरी, शुभकामना मन्तव्य दिनेहरुमा एनआरएनए, एनसिसि कुवेतका अध्यक्ष सुमित्रा पौडेल, नेपाल आदिवासी जनजाति महासंघ,कुवेतका महासचिब अमृत तमाङ,खोटाङ कुबेत संपर्क मञ्चका अध्यक्ष प्रेम कटवाल, नेपाल पत्रकार महासँघ, कुवेतसखा को तर्फबाट माधव शाही, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतका अध्यक्ष ईन्द्र प्रसाद पोखरेल, महिला दिदी बहिनीहरुको प्रतिनिधी पत्रकार नैनाकला राइ, रहेका थिए ।
कुवेतका लागि नेपाली राजदुत महामहिम श्री यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले राजु गुरुङ लाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी कार्यक्रम का सभापति अध्यक्ष खोप गुरुङ ले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिंदै र उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो कार्यकालमा समाजका कार्यसमितिका सम्पूर्ण सदस्याहरु बाट आफुले पाएको सहयोग र योगदानको जती नै व्याख्या गरेपनी कमी हुने र नव-नियुक्त अध्यक्षलाई पनि यसरी नै सम्पूर्ण कार्यसमितिको साथ रहने कुरामा आफु विश्वस्त गदै बधाई दिनु भएको थियो
अधिवेशनले सोही अवसरमा साँस्कृतिक, खेलकुद र संगठन विस्तार जस्ता बिभिन्न उप-समितिहरुको समेत निर्माण गरेको छ । यसैगरी, समाजले तीन वर्षमा गरेको उल्लेखनीय कार्य गतिविधि तथा आर्थिक कारोबार कोषाध्यक्ष नन्द घले ले छोटकारीमा प्रस्तुत गरे । समाजले अधिवेशनलाई सरल,सहज र निश्पक्ष तरिकाले सम्पन्न पार्न समाजका संस्थापक अध्यक्ष अमर गुरुङको संयोजकत्वमा ६ जान निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै, निर्वाचित समिति ले नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो ।
तमु समाज कुवेतको चौथो अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको रहेको नवनिर्वाचित महासचिव सुरेश गुरुङले जानकारी दिनुभयो ।
कार्यकारी समिती;
१) अध्यक्ष - राजु तमू (ईटहरी)
२) उपाध्यक्ष - याम तमू (पोखरा)
३) महासचिब - सुरेश तमू (संखुवासभा) 
४) सचिब - नन्द घले (लमजुङ)
५) सह-सचिब - रन्जना तमूश्यो (संखुवासभा)
६) कोषाध्यक्ष - गोपाल तमू (चितवन)
७) सह-कोषाध्यक्ष - पदम तमू (स्याङजा)
८) सह-कोषाध्यक्ष - माया तमूश्यो (कास्की)
कार्यकारी सदस्यहरु;
1) सदस्य - कृष्ण तमू (बुटवल)
2) सदस्य - रमेश तमू (गोर्खा)
3) सदस्य – तेज तमू (तनहु)
4) सदस्य - रोशन तमू (कास्की)
5) सदस्य - संगिता तमूश्यो (कास्की)
6) सदस्य - शुक बहादुर तमू (कास्की)
7) सदस्य - ममता तमूश्यो (स्याङजा)
8) सदस्य - अमृत तमू (पोखरा)
9) सदस्य - राजेन तमू (पोखरा)
10) सदस्य - नानी तमूश्यो (पोखरा)
11) सदस्य - रिशा तमूश्यो (बुटवल)
12) सदस्य - दल सि तमू (कास्की)
13) सदस्य - दिल राज तमू (स्याङजा)
14) सदस्य - मिन बहादुर तमू (बुटवल)
15) सदस्य - दीपेन्द्र तमू (कास्की)
16) सदस्य - गीता तमूश्यो (ईटहरी)
17) सदस्य - कबिता तमूश्यो (काठमाडौं)
18) सदस्य - देवेन्द्र घले (ईटहरी)
19) सदस्य - पुष्पा तमूश्यो (संखुवासभा) 
20) सदस्य - रन्जु तमूश्यो (संखुवासभा)
21) सदस्य - याम बहादुर तमू (लमजुङ)
22) सदस्य - सुधिर घले (काठमाडौं)
23) सदस्य - सुमित्रा तमूश्यो (गोर्खा)
24) सदस्य - अमृत तमू (बर्दघाट)
25) सदस्य - ज्ञान बहादुर तमू (ईटहरी)
26) सदस्य- सानु तमू (गोर्खा)
27) सदस्य - कृष्ण तमू (रुपन्देही)
28) सदस्य - कृष्ण तमू (धरान) 
29) सदस्य - सन्जु तमू (कास्की)
30) सदस्य - पूर्ण कुमारी तमूश्यो
31) सदस्य - बिन्दु तमूश्यो (भैरहवा) 
32) सदस्य - सपना तमूश्यो (लमजुङ)
सल्लाहकार तथा संम्रक्षक समिती;
1) मान बहादुर तमू (स्याङजा)
2) अमर तमू (पोखरा)
3) वीर माया तमू (पोखरा)
4) खोप तमू (बुटवल)
5) अमृत तमू (मोरङ)
6) शुक बहादुर तमू (कास्की)
7) देवी तमूश्यो (पोखरा)
8) सुमन तमूश्यो (भैरवा)
9) बाल कुमार तमू (धरान)
10) भिम बहादुर तमू 
11) गोप प्रसाद तमू
तमू साँस्कृतिक समिती;
प्रमुख - शोभा तमूश्यो (लमजुङ)
उप-प्रमुख - बबिता तमूश्यो (कास्की)
उप-प्रमुख - रुप तमू (कास
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता