इलामको एक सर्वजनिक शौचालय जहाँ दिशा पिसाव गरिसके पछि चकलेटले विदाई गरिन्छ

जहाँ पाँच रुपयँ कप चिया खुवाइन्छ 

इलाम, ६ असोजः इलाममा रहेको एक सर्वजनिक शौचलयममा दिशा पिसाव गर्नेलाई चकलेट दिएर विदाई गरिन्छ ।  इलाम नगरपालिका ९  गोलाखर्कमा रहेको सर्वजनिक शौचालयमा विगत १ वर्ष देखि तगतार यसो गरिदै अएको हो । २०७४ असोज ६ गते शुरुगरेको शौचालयमा हाल सम्म १५०० वढीलाई चकलेट वितरण गरिसकेको शौचलय रेखदेख गर्दै आएका नरेश गुरुङ वताउँछन् । इलामको माइखोलाबाट डेढ किलोमिटर दुरीमा रहेको सर्वाजनिक शौचालय नजिकै आफ्नै फेमेली कटेज रहेको छ । शौचलय र कटेज दुवैको निमार्ण स्थानीय राजेन्द्र चौहानले गरेका हुन । 
कटेजमा अहिले पनि ५ रुपयाँमा व्ल्यक टी खुवाउने गरिएको छ । इलामको सवै भन्दा सस्तोमा चिया खुवउने यो पहिलो कटेज हो । अन्य परिकार पनि अरु होटलहरुमा भन्दा सस्तामा खुवाउने पनि सञ्चलक गरुङले वताउनु भयो । चौहानले शौचालय र कटेज निमार्ण गरेर सञ्चालको लागि गुरुङलाई दिएका हुन । कटेज सञ्चालक गरुङले भने अहिले एक वर्ष सम्म मैले कटेजको भाडा तिरेको छैन । शैचालय रेखदेख र सरसफाई गरे वाफल उनलाई भाडा नलिएको चौहनले वताए । 
सर्वजनिक शौचालयमा गए पछि मानिसहरु पैसा तिर्न आउने गरेका र उनिहरुलाई पौसा नलिइकन चकलेट दिएर पठाउँदा कतिपयले अनौठो मान्ने गरेको र कतिले चकलेट नलिई धन्यवाद दिने गरेको पनि गुरुङ वताउँछन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता