
सिक्कीम, ६ असोजः इलाम र सिक्कीमको पर्यटनलाई जोडेर कसरी जोड्ने भन्ने विषयमा सिक्कीमको गान्तोकमा छलफल भएको छ । सिक्कीम पर्यटन मन्त्रालयले संयोजन गरेको कार्यक्रममा सिक्कीमका पर्यटन सचिव सी.पी ढकाल, होटल एसोसिएसन सिक्कीम, ट्राभल एसोसिएसन सिक्कीम र इलाम पर्यटन प्रवर्धन सरोकार समिति विच छलफल भएको हो ।
इलामबाट गएको नौ जनाको टोलीले उक्त विषयमा छलफल गरेर पर्यटन प्रर्वधनमा सहयकार्य गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा पर्यटन सचिवले वोल्दै भन्नुभयो नेपाल र सिक्कीमको पर्यटनलाई जोड्न सके धेरै फाइदा हुने छ । यहाँ आएका पर्यटक नेपाल लान सकिने र नेपालमा आएका पर्यटक सिक्कीममा ल्याउन सकिने पनि उहाँले वताउनु भयो ।
अहिलेको वर्ष मात्र सिक्कीममा १३ लाख भन्दा वढी पर्यटक भित्रिएको पनि पर्यटन सचिवले जानकारी गराउनु भएको थियो जवकी सिम्कीमको जनसंख्या ७ लाख मात्र रहेको पनि उहाँले वताउनु भयो ।
अन्य पर्यटन सँग सरोकारवालाहरुले पनि नेपाल र सिक्कीमको पर्यटनलाई जोड्न सहकार्य गरेर जाने हो भने धेरै फाइदा हुने वताए ।
नेपालको इलामबाट गएको टोलीमा धर्म गौतम, देवि पौडेल, विजय राई लगायतको सहभागीता रहेको थियो । नेपाल र सिक्कीका पर्यटनकर्मीहरु सहकार्य गरेर जान सकिने छलफल कार्यक्रममा देवी पौडेलले बताउनुभयो ।
छलफल पछि सिक्कीमका पर्यटन मन्त्री इलाम आएर नेपालका सरोकारवाल सँग छलफल गरेर अघि वढ्ने कार्यक्रम तय भएको विजय राईले वताउनु भयो । उहाँले भन्नु भयो पर्यटन मन्त्री आउनु भन्दा अघि सिक्कीमका पर्यटनकर्मी र होटल एसोसियसनको टोली इलाम आउने पनि बताउनु भयो ।
नेपालमा भन्दा पछाडी पर्यटन व्यवसायमा हात हालेको सिक्कीमा अहिले विश्वभरीबाट धेरै पर्यटक आउने गरेका छन् । नेपालमा भएको द्वन्दको समयको फाइदा उठाउँदै नेपाल आउने पर्यटकलाई सिक्कीमले तानेको थियो त्यही समयमा सिक्कीमले पर्यटन व्यवसायलाई व्यवसायीक बनाएको हो ।