
झापा, ७ असोजः हल्दिबारी गाउपालिका ३ स्थित आपगाछी चौकमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
जलथल बाल क्लबको आयोजना, बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राबिधिक सहयोग तथा पशुपति हरि कृतन मन्डलिको ब्यवस्थापनमा भएको उक्त शिबिरको जलथल बाल क्लबका अध्यक्ष अभिषेक खतिवडाको अध्यक्षता ,पशुपति कृतन मण्डलीका अध्यक्षको प्रमुख आथित्यमा भएको थियो उक्त शिबिरको उदघाटन बालक्ल्बका अध्यक्षले गर्नुभएको थियो।
शिबिरमा पाइल्स,ग्यास्ट्रीक,दम,सुगर,प्रेसर,एलर्जी,महिलाहरुको समस्या ,हाडजोर्नी ,नशा दुख्ने ,ढाड कम्मर दुख्ने आदि समस्याको निस्शुल्क स्वास्थ्य जाँच गरिएको बाल क्बका उपाध्यक्ष बिनिता परियारले बताए। त्यहा आउने बिरामिहरुले सेवा राम्रो र गुणस्तरीय भएको एक बिरामी धन बहादुर बनले बताए।
शिबिरबाट आउने बिरामीलाइ थप उपचारका लागि बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टरले छुट दिने ब्यवस्था समेत मिलाइएको छ। सेन्टरका फिजियोथेरापिस्ट डाक्टर भगवान शाह,कबिराज कमल रिजाल लगायत टोलिले हेर्नू भएको उक्त शिबिरमा २३३ जना बिरामिको निस्शुल्क चेक जाँच साथै ३० हजार मूल्य बराबरको आयुर्वेदिक औषधि समेत बाडिएको सञ्चालक योगेश श्रेष्ठले बताए।