इलाम चुलाचुली गाउँपालिका नायव सुब्बा जगतको दूर्घटनामा निधन

इलाम, ७ अशोजः  इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायव सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । इलाम सदरमुकामस्थित जीरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा क्रेनको टक्करबाट कोइरालाको निधन भएको हो ।
बिहान ९ ः ४५ को समयमा पुर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नम्बरको जेसिबि क्रेनले पिछाडिबाट ठक्कर दिएपछि गम्भिर घाइते भएका कोइरालाको विर्तामोड स्थित बि एण्ड सि अस्पतालमा उपचारको क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी साहायक निरिक्षक टेकहादुर बस्नेतले बताउनुभयो ।
पिछाडीबाट क्रेनले ठक्कर दिँदा कोइराला सवार मे ५ प ६६६४ नम्बरको मोटराइकल क्षतविक्षत भएको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिने क्रेनका चालक फरार रहेका छन् ।
 जिल्ला विकास समितिमा कार्यरत कोइराला पछिल्लो राजनीतिक संरचना अनुसार जिल्ला समन्वय समिति बनेपछि चुलाचुली गाउँपालिकामा योजना प्रमुखका रुपमा कार्यरत रहेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता