- मइपोखरी न्युज

बिहानको चिया इलामको जीरो किलोमिटर नजिकै रहेको घरमा खाएर आइतबारको दिउसोको कार्यालय पुग्ने गरी मोटरसाइकल लिएर चुलाचुली झापाको बाटो भएर लागेका थिए नायव सुव्वा जगत कोइराला । घरमा श्रीमती सँग विदा मागेर छोराहरुलाई राम्रो पढ्नु भन्दै आफ्नो कार्यक्षेत्रमा लम्केका हनु ।
सधै झै उनको यात्रा सहज नै थियो आफ्नै शुरमा निष्चित गतिमा मोटरसाइकल चलाउने लगभग ४५ वर्षिया कोइराला इलामबाट माइखोला,फिक्कल, कुटीडाँडा, हुँदौ झापको वुधबारे, विर्तामोड भएर जव ९ः३० उनी सुरुङ्गा पुगे उनको अघि अघि एउटा क्रेन लागेको थियो उनले क्रेनलाई क्रस गरे अघि वढे पछाडिबाट अएको वसले पनि क्रेन सँगै उनको मोटर साइकललाई पनि क्रस गरेर अघि बढ्यो ।
वस अघि गएर रोकियो अघाडि बाटोमा ट्राफिक प्रहरीहरु जेब्रा क्रस बनाउदै रहेछन् बाटो वनवे भएकोले वस रोकिएको थियो कोइरालले पनि मोटरसाइकलको गति घटाए । मोटर साइकल रोकिनै लागेको थियो पछाडीबाट अएको क्रेनले उनको मोटरसाइकललाई ठक्कर दिइ सकेको थियो । मोटरसाइकल सँगै उनी पनि बाटो मुनी पुगे क्रेन पनि बाटो मुनी गएर पल्टयो । कोइराललाई स्थनीय र प्रहरीले उठाउन खेजे तर कोइराला होसमा थिएनन् । लगभग ५० मीटरको दुरीमा रहेको सुरुङ्गाको अस्पतालमा उनलाई पु¥याइयो उनलाई चेकजाँच गरियो उनको शरीरमा जिवित रहेको कुनै प्रतिक्रिया पाइएन त्यस पछि इसिजी गरेर मुटुको धड्कन हेरीयो उनको मुटु चलेको भेटीए पछि डाक्टरहरुले बिर्तामोडमा रहेको बी एण्ड सी लैजाने सल्लहा दिए उनलाई बी एण्ड सी ल्याइयो ।
बि एण्ड सीमा भेन्टीलेटरमा राखेर उपचार शुरु गरीयो त्यही समयमा कोइरालाका सहर्की गोविन्द सुवेदी आइपुग्नु भयो । अस्पतालले उपचार शुरु भएको केही समयमा नै कोइरालालाई मृत घोषणा ग¥यो । गोविन्द सम्झनछन् यो सोच्नै नसकेको घटनाले मनै थाम्न सकिएन ।
इलामबाट आफ्नो श्रीमान दुर्घटनामा परेर अस्पतालमा भएको खबर सुनेर अस्पताल पुगेकी कोइरालाकी श्रीमती पतिको मृत्युको खबर सुनेर समाहालिन सकिनन् उनी यो समचार लेख्दा सम्म होसमा नआएको छिमेकी टीकाराम पुरी सुनाउँछन् । कक्षा ११ अध्ययनरत छोरा पनि अहिले सम्म वेहोस रहेको पुरीले सुनाए ।
मृत कोइरालाले जिल्ला विकास समितिबाट आफ्नो सरकारी जागिर शुरु गरेका थियो । लगभग एक वर्ष अघि उनी चुलाचुली गाउँपालिकाको योजना शाखाका प्रमुख भएर गएका थिए । शुक्रबार कार्यालयको काम सकेर घर आएर शनिबार परिवार सँग रमाइलो गर्दै बसेका काईराला आइतबार कार्यलय जानेक्रममा दुर्घटनामा परेर मृत्यु भएको हो । कोइराललाको श्रीमती र दुई छोरा रहेकाछन् एक छोरा कक्षा ११ र एकछोरा कक्षा ५मा अध्ययनरत छन् ।