‘इलामे शहर चियाबारी राम्रो’का रचनाकार मुकारुङ इलाममा सम्मानित

इलाम, १२ असोजः इलामको सौन्दर्यसँगै माया पिरतीको भाका भएको प्रख्यात गीत ‘इलामे शहर चियाबारी राम्रो, त्यही प¥यो घर हाम्रो’का सर्जक गंगाराज मुकारुङलाई एक कार्यक्रमको बिच सम्मान गरिएको छ । बिहीबार इलाम सदरमुकाममा गीतकार संघ नेपालद्धारा आयोजना गरिएको दुई दिने प्रदेश नं. १ स्तरीय गीतकार÷श्रष्टा अन्तरक्रिया तथा गीत शिविरमा कार्यक्रमका प्रमुख अतिथि पुर्व सभामुख सुवासचन्द्र नेम्बाङ र इलाम नगरका मेयर महेश बस्नेतले सजर्क मुकारुङलाई सम्मान गरेको हो । यस्तै संघले भारत दाजिर्लिङका गीतकार डा.जस योञ्जन प्यासीलाई पनि सम्मान गरेको छ । 
नेपाली गीत सिर्जनामा समर्पित भई गीत लेखनमा लागि परेका श्रष्टाहरुलाई एउटै छानामुनि समेटेर गीतकारहरुको हकहित, सम्मान र संरक्षणका लागि स्थापना भएको गतिकार संघले प्रदेश नं. १ मा रहेका चौधै वटा जिल्लाका गीत सर्जकहरुलाई भेला गराएको हो । गीतकार श्रष्टा भेला कार्यक्रममा वरिष्ठ गीतकार रत्नशम्शेर थापा, भुतपुर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, भुतपुर्व मुख्य सचिव भोजराज घिमिरे, दार्जिलिङे गीतकार कमल रेग्मी, सिक्किमका गीतकार भक्ति शर्मा, पारस मुकारुङ, भरत बमजन, शुभ मुकारुङ लगायतका गीतकारहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले कलाकारहरुले सिर्जना गरेको कलाहरुको उचित मुल्याकंन हुनु पर्ने र यसको लागि स्थानीय तहहरुमा हुने कार्यक्रमहरुमा रोयल्टी नतिरेको कार्यक्रमहरुलाई प्रोत्साहन गर्न नहुने सुझाव राखेका थिए । 
संघका केन्द्रिय अध्यक्ष चुडामणि देवकोटाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा १ नं. प्रदेशका सांसद तथा गीतकार राजन राई इलामका प्रदेश सांसद धिरेन शर्मा रमण, राम राना, काजीमान कागते, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा विभिन्न गीतकारहरुले गीत वाचन गरेका थिए । त्यस्तै शिविरको दोस्रो दिन आज शुक्रबार स्थानीय पर्यटकिय स्थान भालुढुंगामा कार्यत्रपत्र तयार गरि प्रस्तुत गरिने कार्यक्रम रहेको गीतकार संघ इलामका संयोजक वसन्त थाम्सुहाङले चियाबारी दैनिकलाई जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता