इलाको सिंह सिद्धदेवीमा श्रीमत् नारद पुराण र वौद्ध दोमाङ एकै साथ

इलाम, १२ असोजः इलाम नगरपालिका ६ मा रहेको सिंह सिद्धदेवी पञ्चयान मन्दिरमा मंसिर महिनामा एकै पटक  श्रीमत् नारद पुराण र वौद्ध दोमाङ पाठ लाग्ने भएको  छ । मन्दिर व्यवस्थापन समितिले सो स्थानमा वहुधार्मिक संग्राहलय बनाउने उद्देश्यका साथ २०५९ साल देखि निरन्तर विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आएको छ । सो स्थानमा अहिले मन्दिरको नाममा २ रोपनी जग्गा, व्यास निमार्ण, अस्थाई श्रवण हलको निमार्ण भई सकेको छ । निकट भविष्यमा पक्की शौचालय निमार्ण हुँदै छ । 
इलाममा रहेका विभिन्न संघ सस्था र व्याक्तिहरुको सहयोगमा सो ठाउँलाई चाँडैनै धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न लागिएको हो । स्थानीय दुर्गा वुढाथोकी, मनोज वुढाथोकी र अजित प्रदिप वुढाथोकीबाट जग्गा प्रदन भएको हो भने समाजसेवी डम्बर खड्कले व्यास निमार्ण गरिदीएका हुन । स्थानीय वडा नंम्वर ६ र ८ बाट धार्मिक पर्यटकीय स्थलको  व्यवस्थापनको लागि विभिन्न नगद तथा जिन्सी उपलव्ध समेत भएको छ । निकट भविष्यमा इलमको महत्वपूर्ण धार्मीक पर्यटकीय स्थलको रुपमा स्थापित गर्न आफुहरु लागि परेको समितिका सचिव रविन रायामाझीले माइपोखरी न्युजलाई वताउनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता