
सुर्योदय, ९ असोजः लामो समयदेखि सुर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका राजेन्द्र भट्टराई बिदाइ नै नथापी सटुक्क हिडेका छन । भट्टराईको मोरङको सुन्दरहरैचा नगरपालिकामा सरुवा भएपछि सुर्योदय नगरपालिकाले बिदाई कार्यक्रम राखेको थियो । तर उनी बिदाइ नै नथापी सुटुक्क हिडेको नगर प्रमुख रणबहादु राईले बताए ।
उनले भने ‘राजेन्द्र सर लामो समयदेखि प्रमुख प्रशासकिय हुनुहुन्थ्यो । र बिदाइ गर्ने भनेर तयारी गरिएको थियो । खै कति खेर हिडनुभएछ थाहै भएन । उहाँको अति जरूरी कामले गर्दा उक्त बिदाई कार्यक्रममा आउनु भएन ।’ स्रोतका अनुसार भट्टराईलाई बिदाइ समारोहमा एक जना व्यवसायीले जुत्ताको माला लगाएर बेइज्जत गर्ने बुझेपछि उनी बिदाइ समारोहमा नै सहभागी नभइ हिडे । यसअघि सुर्योदयको प्रमुख प्रशासकिय अधिकृत हुँदा उनले सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो छ ।
कार्यालयमा आउने सेवाग्राहीलाई भट्टराईले अपशव्द प्रयोग गर्ने गरेको गुनासो छ । उनले जनप्रतिनिधिहरुलाई समेत आफनो कार्यकक्षमा प्रवेश गर्न रोक लगाएको गुनासो छ । जनप्रतिनिधिलाई उनको कार्यकक्षमा प्रवेश गर्दा धम्कीको भाषामा ‘के का लागी आएको ? किन आएको ?’ जस्ता शव्द प्रयोग गर्ने गरेका थिए । भवन निर्माणका क्रममा नियतवश दुःख दिएको भन्दै निर्माण व्यवसायी प्रकाश आर्चायले भट्टराईलाई कारवाहीको माग गर्दै नगरपालिका र जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन समेत दिएका थिए । भट्टराईले सेवाग्राहीबाट घुस रकम नलिइ काम नगर्ने गरेको सेवाग्राहीको गुनासो छ ।
प्रशासनिक भवन निर्माणका क्रममा समेत उनले घुस रकम माग्दा नदिएपछि नियतवश दुःख दिएको निर्माण व्यवसायी आर्चायले बताए । आफनो पक्षमा सुचना र समाचार सम्प्रेषण नगर्ने संचारमाध्यमलाई समेत उनले उपेक्षा गर्दै आएका थिए । सार्वजनिक हितको कतिपय सुचनाहरु माग्दा समेत उनले नदिएको संचारकर्मीहरुको गुनासो छ भनेर आजको चियाबारी दैनिकले समाचार छापेको छ ।