दमकमा रात्रीकालिन बजार शुरु

दमक, १० असाेजः  झापाको दमक नमुना बजारमा साेमबार देखि रात्रीकालिन पसल खुला भएको छ । साेमबार एक कार्यक्रमबीच रात्रीकालिन बजार शुरुवात भएको घोषणा भएको हो ।
दमक नगरपालिका, दमक उद्योग बाणिज्य संघ,  इलाका प्रहरी कार्यालय दमक, सामाजिक संघसंस्था लगायतको सहभागितामा घोषणा गरिएको हो ।
दमकको मुख्य बजार नमुना बजारमा अब राती १० बजेसम्म पसल तथा ब्यापार ब्यवसाय सञ्चालन हुनेछन् । वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार यो दमकका लागि एउटा नयाँ कामको शुरुवात हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता