माइपोखरी न्युज तीज क्वीनको पुरस्कार वितरण

इलाम, १० असोजः इलामबाट सञ्चालित न्युज प्रोटल माइपोखरी न्युजले तीजको अवसरमा सञ्चालन गरेको प्रतियोगिता तीज क्वीनको पुरस्कार बुधबार वितरण गरेको छ । 
इलाम कार्यालयमा वितरण गरेको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन राससकर्मी टीका खतिवडाले गरेका थिए पुरस्कार वितरण कार्यक्रमा नेपाली कांग्रेसका कोषध्यक्ष विष्णु कार्की, नेपाल विद्यार्थी संघका कार्यवहाक अध्यक्ष प्रकास भट्टराई माइपोखरी न्युजका विमल अधिकारी, दिपा चापागाई लगायतको उपस्थित रहेको थियो । प्रतियोगितामा प्रथम हुने रचना लिम्बु, द्वितिय हुने समिक्षा पौडेल र तृतिय हुने सगुनश्री राईलाई क्रमशः पाँचहजार, तीनहजार र दुईहजार सहित आर्कषक गिफ्टले पुरस्कृत गरिएको थियो ।
नगद पुरस्कार तीनघरे सेवा समाज सूर्योदयले उपलव्ध गराएको थियो भने प्रथमहुनेलाई गिफ्ट इलाम टी हाउसले द्वितिय हुनेलाई आस्ना एग्रिकलचरले र तृतिय हुनेलाई मोर्डन कम्प्युटर सोलुसनले उपलव्ध गराएको हो ।
कार्यक्रमा माइपोखरी न्युजका सञ्चालक विनय तिम्सीनाले महिलाहरुको पनि समाचार र सुचनामा पहुँच पुगोस भन्ने हेतुले सञ्चालन गरेको प्रतियोगिताले सवैमा सकारात्म सन्देश दिएको वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता