
सङ्खुवासभा, ११ असोज : सङ्खुवासभाको चिचिला गाउँपालिका–१ ढुङ्ग्रेमा खोलाले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ । मङ्गलबार बेलुका विद्यालय छुट्टी भएर घर फर्कंदै गर्दा खोलाले बगाएर पुष्पराज राईको मृत्यु भएको चिचिला प्रहरी चौकीले जनाएको छ ।
शिला आधारभूत विद्यालय कक्षा ४ मा पढ्ने राई विद्यालयबाट घर नआएपछि मङ्गलबार नै खोजी गरिएको थियो ।
उनको शव आज बिहान मात्र भेटिएको प्रहरीले जनाएको छ । १३ वर्षीय राईको शवपरीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्यामसारु मगरले जानकारी दिनुभयो ।