
बुटवल, ११ असोज । अर्घाखाँचीका २१ वर्षीय हुमा भुसालको ट्याक्टर दुर्घटनामा परि ज्यान गएको छ । भुमिकास्थान–४ धारापानीको माझपोखराबाट खर्क भन्ने स्थानमा जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टीदा सोही नगरपालिका वडा नम्बर ३ का भुसालको मृत्यु भएको हो ।
आज बिहान ६ बजे तिर ट्याक्टर भल्र्याङ्ग खाएर पल्टीएको र ट्याक्टर चालक भुसाललाई उपचारका लागि सन्धीखर्क ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।
उनका अनुसार आज दिनैभरी बारी जोत्नका लागि तेल राखेर आफ्नो घर खर्क तर्फ भुसालले ट्याक्टर लिएर आउँदै थिए ।