
इलाम, ११ असोजः ३९ औँ विश्व पर्यटन दिवसको अवसरमा इलाममा प्रभातफेरी गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आयोजना भएको कार्यक्रमा होटल एसोयिसन, इलाम पर्यटन प्रवद्र्धन समिति, नेपाल भाषा संस्कृति, आदिवासी जनजाति महासंघ आदिले सहभागिता जनाएका थिए ।

इलामको ठूलो टुडिखेबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमा गरेर चोकबजारको लाकुरी चौतारीमा कोण सभा गरेको थियो ।

कोण सभामा बोलदै मेची पहाडिका प्रमुख केशव द्याैरालीले इलाम लगायत मेचीको पर्यटन विकासमा आफुहरु लागि पर्ने बताए । कार्यक्रमा जिल्ला समन्व समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिका प्रमुख महेश वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

यसै कार्यक्रम अन्तरगत चोकबजारमा फोटो प्रर्दशनि गरिएको छ इलामका विभिन्न पर्यटकीय स्थलको फोटाहरु र पाँचथर ताप्लेजुङका पनि विभिन्न पर्यटकीय स्थलका फोटोहरुको प्रदर्शनी गरिएको हो । यसै गरी इलाम बजार क्षेत्रमा फोहोर संकलन गर्न विभिन्न २० ठाउँमा इलामको पहिचान हुने डोको राखेको पनि होटल एसोशियसन इलामका अध्यक्ष देवी पौडेलले बताए ।
