कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोला रहेनन्

काठमाडौं २७ आश्विन, नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । न्यूरो अस्पतालले नेता बाँस्तोलालाई क्लिनिकल्ली डेथ भनेको छ तर खुमलटारस्थित बाँस्तोला निवासले भने उहाँको निधनबारे आधिकारिक जानकारी दिएको छैन । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता बाँस्तोलाको क्लिनिकल्ली डेथ भएको  न्यूरो अस्पतालले जनाएको छ । 
२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात ९ब्रेन ह्यामरेज० भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगााव, कहिले न्यूरो अस्पताल बाासबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो । उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्ति कथा लेखिनै सक्दैन । दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूत समेत बनेका थिए ।  कान्तिपुरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता