आज आइतबारः हेर्नुहोस् तपाईको राशिफल

२०७५/६/२८ गते आइतवार, आश्विन शुक्ल पञ्चमी ,सूर्योदय विहान ६ः०३ ,सूर्यास्त बेलुकी ५ः३६, नक्षत्रः ज्येष्ठा, योगः सौभाग्य, करणः कौलव,चन्द्र राशि ः बृश्चिक   
मेषः— घरमा नयाँ सामान जोड्ने समय छ । सजावटका सामान तिर मन जाला ।   
बृषः— कार्य क्षेत्रमा संयमता देखाउनु होला । स्वास्थ्यमा समेत बाधा उत्पन्न हुनेछ । 
मिथुनः— सामानहरु खरिद गर्दा सावधानी अपनानु पर्ने हुन्छ । विशेष क्षेत्रबाट विशेष लाभ होला । 
कर्कटः— साथिभाईमा मनमुटाव बढ्ला । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला ।  
सिंहः— सहयोगीहरु बढ्नेछन् । मिष्ठान्न भोजनमा सरिक भइएला । 
कन्याः— तनावबाट टाढा बस्नुहोला । कार्य क्षेत्रमा मानसम्मान बढ्ने छ । 
तुलाः— राजनीतिक क्षेत्रबाट सोचेअनुरुप लाभ नहोला । पठनपाठन सामान्य रहेको छ ।  
 बृश्चिकः— धार्मिक कार्य गर्दा भाग्यमा चमक आउला । सामाजिक क्षेत्रमा दिन बित्ला । 
धनुः— आफ्नो प्रभावले अरुको मन जित्न सकिनेछ । राजनीतिक क्षेत्र राम्रो रहेको छ ।  
मकरः— यात्रा गर्ने अवसर आउन सक्छ । घरमा सहयोग जुट्ला । 
कुम्भः— गुमाएको धन लाभ होला । विशिष्ठ व्यक्तिको सहयोगमा काम बन्नेछ ।   
मीनः— पठनपाठनमा मन जानेछ । व्यापारबाट विशेष लाभ उठाउने योग रहेको छ ।  
                “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता