इलाम, २३ असोजः ६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामद्वारा आज फलफुल वितरण गरेको छ ।
इलाम ७ मा बसोबास गर्ने अमर प्रहरी परिवारहरुको घर आगनमा गई फलफुल तथा बालबालिकाहरुलाई कापी कलमहरु बितरण गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ तथा प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले उनीहरुको परिवारसँग भेटघाट समेत गरेर भई फलफुल तथा बालबालिकाहरुलाई कापी कलमहरु बितरण गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।