हेर्नुहोस् तपाईँको आजको गोचर फल, पाथीभरा माताले सवैको रक्षा गरुन्

२०७५/६/२४ गते बुधबार (घटस्थापना), आश्विन कृष्ण प्रतिपदा, सूर्योदय विहान ६ः०० ,सूर्यास्त बेलुकी ५ः४०, नक्षत्रः चित्रा, योगः वैधृति, करणः बव, चन्द्र राशिः तुला
मेषः— समय राम्रो छ । वैदेशिक क्षेत्रका कामहरुबाट लाभ मिल्नेछ । पारिवारिक समस्याहरु समाधान हुनेछ ।
बृषः— बृष राशिवाला व्यक्तिहरुलाई आजको दिन मध्यम रहेको छ । खर्चको तुलनामा आम्दानी कमजोर रहनेछ ।
मिथुनः— विद्यार्थी वर्गका लागि आज विशेष लाभदायक समय रहेको छ । अध्ययन अध्यापन कार्य सफल रहला ।
कर्कटः— जग्गा जमिनसम्बन्धी झमेलामा फस्नु  पर्ला । मध्यान्न बाट स्वास्थ्यमा केही खरावीहरु आउन सक्छन् ।
सिंहः— आँखा र टाउको सम्बन्धी समस्याले सताउन सक्छ । नोकरीमा जिम्मेवारी थपिएला ।
कन्याः— व्यापारबाट सामान्य लाभ मिल्ने शुभ योग छ । खानपिनमा थोरै सचेत रहनुपर्ला ।
तुलाः— सामान्य यात्राको योग रहेको छ । मनमा अशान्ति हुनाले थोरै मनोवल कमजोर रहला ।
बृश्चिकः— नोकरी गर्ने व्यक्तिहरुलाई विशेष लाभदायक दिन छ । कार्यक्षेत्रमा प्रशंसा गर्नेहरु बढ्नेछन् ।
धनुः— अधुरा योजनाहरु पूरा हुन सक्छन् । सामाजिक र धार्मिक काममा समय खर्च हुने योग रहेको छ ।
मकरः— तनावमा पर्न सकिनेछ । काममा ढिलासुस्ती जस्ता समस्याहरुमा अल्झिनुपर्ने देखिन्छ ।
कुम्भः— अधुरा कामहरु बन्नाले मन प्रफुल्ल रहला । समाजिक काममा जुटे फल राम्रो मिल्नेछ । 
मीनः— धन हानी हुने योग छ । अनावश्यक झमेलामा फस्नुपर्ला ।  
                         “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता