
इलाम, ३१ असोजः इलामको देउरालीमा विगत ३ महिना देखे पर्यटकलाई सित्तैमा व्ल्यक टी खुवाउँदै आएको छ ।
सन्दकपुर ३ देउरालीमा रहेको गोदावरी होटलले विगत ३ महिना देखि इलाम घुम्न आउने आन्तरीक तथा वाह्य पर्यटकहरुलाई चिया खुवाउँदै आएको हो । होटल सञ्चालक हरि राईका अनुसार त्यहाँ दैनिक १०० जना भन्दा धेरैले चिया खाँदै आएका छन् ।

देउरालीमा होटल सञ्चालन गर्दै आएका राईले भने पर्यटकहरुको सुविधाको लागि आफुले यो कार्य गरेको र यसमा आफुलाई खुसि मिल्ने वताए ।
गोदावरी होटलमा फ्रिमा चिया पाउनु साथै राम्रो खान वस्नको पनि व्यवस्था रहेको छ ।