
इलाम ३० असोजः इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका स्थित मंगलबारेमा आज विहान फूलपाति बडाई कार्यक्रम सम्पन्न भएको छ । फूलपाति विशेष कार्यक्रम विहान सात बजे इलाका प्रहरी कार्यालयबाट निकालिएको फूलपाति देवी डाँडामा रहेको मन्दिरमा भित्रियाइयो । फूलपातिलाई नौमति बाजासहित तल्लो बुधबारेस्थित देवी डाँडामा पुर्याइएको थियो । देवीडाँडामा रहेको देवी मन्दिरमा फूलपाति भित्रियाएर लक्ष्मिनारायण सहित इलाका प्रहरी कार्यालया आएर विशेष कार्यक्रम गरिएको थियो ।
सो क्रममा इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी टुकडीले फूलपाति बडाई गरेको थियो ।
देउमाई नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष राजेन्द्र बास्तोलाको अध्यक्षतामा भएको फूलपाति कार्यक्रममा प्रदेश सभा साँसद राम राना, देउमाई नगरका नगर प्रमुख सुर्य पोख्रेल लगायतले शुभकामना मन्तव्य सहित दशैँलाई विशेष वनाउन र भाइचाराको भावना विकास गर्दै सद्यभावको पर्वका रुपमा विजया दशमीलाई लिइने वताउनु भएको थियो ।
उहाँहरुले आम नेपालीको सदभावका रुपमा दशैलाई मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रकाश खनाल र ताराचन्द्र ढुंगानाले कविता सहित शुभकामना मन्तब्य राख्नुभयो । फूलपाति भित्रियाउने कार्यक्रममा नगरका नागरिक गन्यमान्य समेतको बाक्लो उपस्थिति रहेको थियो । यसैक्रममा इलाम सदरमुकाममा समेत विशेष कार्यक्रमका विच यो पर्व मनाइएको छ । नेपाली सेना, जिल्ला प्रहरी कार्यालय तथा स्थानियले माईस्थान मन्दिरमा पुलपाती भित्रियाएका थिए ।