इलाम, २५ असोजः इलामको पुवामुझाकी मृगौला रोगी दुर्गाराईलाई माइपोखरी न्युज तीज क्वीनकी तेस्रो पुरस्कार विजेता सगुनश्री राईले आफुले पाएको पुरस्कार दुईहजारमा आफुले होस्टेलमा वस्दा वचाएको पौसा र होस्टलमा साथिहरुले दिएको पैसा भेला पारेर पाँचहजार एक सय पाँच हस्तान्तरण गरेकी छन् । उनले बिहीबार माइपोखरी न्युजको कार्यालयमा अएर सो रकम दुर्गाका दाई सन्तोष राईले बुझेका थिए ।