
बिर्तामोड, २१, असोजः कृषिथोक बजार भित्र देखिएका फोहोरमैला व्यवस्थापनको विषयमा आइतबार छलफल भएको छ । बिर्तामड– ५का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, ढाचाराम कडरिया, कृषि उपज बजार व्यवस्थापनका प्रतिनिधिले बजारको निरीक्षण गरेका छन् । कृषीथोकमा कम्पोस्ट मलको लागि तयार गरिएकोे भवन को पनि निरीक्षण भएको छ । भवन निर्माण गरिए पनि उद्देश्यमा नपुगेकाले समस्या भएको छ ।
कृषिथोक भित्रको फोहोरमैला व्यवस्थापनमा मासिक ४० हजार रुपैयाँ ठेक्का दिइएको छ । समयमा फोहोर नउठाउनाले दुर्गन्ध बढी रहेको छ । फोहोर व्यवस्थापन गर्न वडाध्यक्ष, कृषीथोक बजार व्यवस्थापनको पहल र बिर्तामोड सरसफाइ अभियानताको सहकार्यमा पहिलो चरणको काम हुने भएको छ ।