
बिर्तामोड: समाजमा देखिएको जातिय विभेद र छुवाछुतको अवस्थालाई समेटेर झापामा वृत्तचित्र तयार पारीएको छ । समाजबाट अझैसम्म पनि हट्न नसकेको छुवाछुतको अवस्थालाई चित्रण गर्दै परियार एकता समाज झापाले ‘कथा अपमानको, व्यथा दलितको’ नामक वृत्तचित्र तयार पारेको हो ।
२८ मिनेट लामो सो वृत्तचित्रमा पहिले र हालको दलितहरुको अवस्था, छुवाछुत बिरुद्धको ऐन नियम र कार्यन्योयनको व्यवस्थाको विषय समेटिएको वृत्तचित्र प्रचार प्रसार संयोजक हरी नेपालीले बताए । समाजले शनिवार बिर्तामोडमा पत्रकास सम्मेलनको आयोजना गरि वृत्तचित्रको विषयमा जानकारी गराएको छ । संयोजक नेपालीका अनुसार एउटा गीत सहित निर्माण गरिएको सो वृत्तचित्रमा छुवाछुतको अवस्थालाई प्रस्ट देखाईएको छ ।
वृत्तचित्रमा कलाकारहरु हरी नेपाली, भोला परियार, निकिता रसाइली, टिका मग्राती, भुपाल परियार, भानु पोखरेल, सविना रनपाल लगायतले अभिनय गरेका छन् । सो वृत्तचित्रको निर्देशन कृष्ण अनमोलले गरेको बताईएको छ । सो वृत्तचित्रको च्यारेटी सो असोज २२ गते बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा विहान ११ बजे गर्ने परियार एकता समाजले जनाएको छ ।
सो च्यारेटी सोमा गायक यस कुमार सहित राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने बताईएको छ । दुई लाख लागतमा निर्माण गरिएको सो वृत्तचित्र निर्माणमा झापाको भद्रपुर र मेचीनगरनगरपालिकाले सहित विभिन्न संस्थाले सहयोग गरेको परियार एकता समाजले जनाएको छ ।
मेचीनगर नगरपालिकाले ५० हजार र भद्रपुर नगरपालिकाले ४० हजार रकम सहयोग गरेको समाजको भनाई छ । च्यारिटि सो पछि झापाका सबै स्थानिय तहमा वृत्तचित्र प्रदर्शन गर्ने आयोजकको तयारी रहेको छ ।