
इलाम, १५ असोजः इलामबजारको छेउमै रहेको गुम्बा डाँडामा यतिवेला खानेपानी हाहाकार भएको छ । विगत १० दिन देखि नगरपालिकाले वितरण गर्ने खानेपानी ३५ भन्दा वढी उपभोक्ताको घरमा खानेपानी नआउदा गुम्बा डाडाँ आसपास पानीको हाहाकार भएको हो । सम्बन्धित निकायलाई पटक पटक पानीको सम्स्या बताउदा पनि चासो नदेखाईऐको स्थानीयले माइपाखरी न्युजसँग गुनासो गरे ।
दशै नजिकीदै गर्दा घर बनाउन रङ्ग रोकन गर्न पानी आवश्यक पर्ने भऐकोले पानीको ब्यबस्थापन तुरूनतै गरिदीनहुन इलाम नगरपालीका कार्यलय खानेपानी शाखालाई पटकपटक अनुरोध अनुरोध गर्दा पनि वेवस्ता गरेकोले अहिले स्थानीय नगरपाकिला सँग आक्रोसित बनेका छन् । केही समय अघि नगरमा खानेपानी वलछ्याल भनेर समचार आएको थियो । इलामबजार क्षेत्रमा भने अहिले नियामित खानेपानी आइरहेको छ ।