सामुदायिक भवन निर्माण गर्ने विदेशी विद्यार्थीलाई सम्मान

इलाम, १५ असोजः हेडनवर्ग युर्निभसिटी जर्मनका विद्यार्थीले इलाममा निशुल्क सामुदायिक भवन निर्माण गरेका छन् । इलामको माइजोगमाई गाउँपालिका १ लप्सीबोटेमा रहेको शान्तिदिप महिला कृषक समूहका लागि सामुदायिक भवन निर्माण गरिएको हो । दिगो विकासका लागि साझेदारी नेपाल (पिएसडि)को सहयोग र इलाम सदरमुकाममा रहेको सुनगाभा विकास संस्थाको संयोजनमा भवन निर्माण गरिएको हो । 
विदेशी ६ र एक नेपाली विद्यार्थीहरुले ३२ दिन लगाएर निशुल्क श्रमदानमा भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि (पिएसडी) नेपालले चार लाख सहयोग गरेको थियो । त्यस्तै गाउँपालिकाले एकलाख पचास हजार, समुदायको ५० हजार र स्थानियको करिब डेढ लाख बराबरको श्रमदानमा भवन निर्माण भएको भवन निर्माणमा संयोजन गर्ने संस्थाका सचिव कृष्ण श्रेष्ठले जानकारी दिए । १४ फुट चौडाइ र २८ फुट लम्बाई भएको भवनमा समुदायमा हुने सार्वजनिक कार्यक्रम गर्न सहज भएको स्थानियले वताएका छन् ।
सामुदायिक भवन निर्माण गर्ने विदेशी विद्यार्थी, पिएसडी नेपाल र संयोजन गर्ने सुनगाभा विकास संस्थालाई एक कार्यक्रमबिच सम्मान समेत गरिएको छ । शान्तिदिप महिला कृषक समूह र गाउँपालिकाले मायाको चिनो र प्रमाणपत्र सहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष जितबहादुर राई, कृषक समहका अध्यक्ष सहित पदाधिकारीहरुले एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको छ । 
कृषक समूहकी अध्यक्ष टीका निरौलाको अध्यक्षता तथा गाउँपालिका प्रमुख राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सुनगाभा विकास संस्थाका सचिव कृष्ण श्रेष्ठ तथा विदेशी विद्यार्थीहरुले सामुदायिक भवन निर्माण गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गरे । सोही कार्यक्रममा कृषक समुहका निर्मला भण्डारी  र सृजना निरौलाले भवन निर्माणमा भएको खर्चको आयब्यय प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता