शहीद स्मारक ए डिभिजन लिग : सङ्कटाले सरस्वतीलाई हरायो

काठमाडौँ, १४ असोज (रासस)  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । 
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको लिगको पहिलो चरणको दोस्रो खेलमा सङ्कटाले सरस्वतीलाई १–० गोल अन्तरले हराएका थिए । जीतसँगै सङ्कटाले लिगमा तीन अङ्क जोडेको छ । 
सङ्कटाको जीतमा लक्ष्मण रुचालले गोल गरे । उनले खेलको दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा गोल गरेका थिए । सङ्कटा लिग तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता