निशान भट्टराईको मंसिर महिनामा एलिसाको साथ (भिडियो सहित)

इलाम, २६ असोजः  चर्चित गायक र नेपाल आइडलका पहिलो रनरअप निशान भट्टराईको नयाँ गीत मंसिर महिनामाको भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
भुन्टिको सफलता पछि भट्टराईको सार्वजनिक गरिएको दोस्रो अफिसियल गीतमा निशान आफै मोडलको रुपमा देखा परेका छन भने निशानलाई एलिसा राईले साथ दिएकी छन् । नेपाली बाजालाई प्राथमिकता दिएर बनाइएको उक्त गीतलाई आर. बि. लामाले कम्पोज गरेका हुन भने गीत पनि स्वयम् लामाले नै लेखेका हुन ।
टेकेन्द्र साहद्वारा निर्देशित तथा सम्पादित उक्त गीतको निर्माता मनोज बस्नेत हुन ।  गीतलाई एटके एभरेष्ट मोसन पिक्चर्स नामक युट्युब च्यानल मार्फत स्रोता तथा दर्शकमाझ ल्याइएको हो ।  यस गीतलाई पनि भुन्टीलाई झै माया गरिदिनुहुने विश्वास लिएको कुरा  बताएको छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता