आज शनिबार हेर्नुहोस् कस्तो रहेछ तपाईको राशिफल

२०७५/६/२७ गते शनिवार, आश्विन शुक्ल चतुर्थी ,सूर्योदय विहान ६ः०३ ,सूर्यास्त बेलुकी ५ः३५, नक्षत्रः अनुराधा, योगः आयुष्मान, करणः बव,चन्द्र राशिः बृश्चिक   
मेषः— प्रेम प्रसंगमा केही वाधा उत्पन्न होला । मनले नसोचेको ठाउँबाट लाभ मिल्ने योग रहेको छ ।
बृष :— स्वास्थ्यमा समस्या आउन सक्छ  । रोजगारीका नयाँ स्रोतहरु मिल्नाले प्रशस्त धन लाभ होला । 
मिथुनः— पठनपाठन क्षेत्र सामान्य नै रहला । राजनीतिक क्षेत्रबाट लाभ मिल्ने योग रहेको छ ।
कर्कटः— धार्मिक क्रियाकलापमा सहभागी बन्नुपर्दा मन प्रफुल्ल रहला । सवारीसाधनमा विशेष संयमता देखाउनुपर्ने छ ।
सिंहः— काममा जस पाउने योग छ । परोपकारी क्षेत्रमा समय बिताउनु पर्नेछ । 
कन्याः— साथीभाइको सहयोगमा नयाँ कामको थालनी होला । परिवारजनको सहयोगमा घरायसी वातावरणमा रमाउने योग छ । 
तुलाः— आर्थिक समस्या आएपनि मन स्थिर रहला । लेनदेनमा ध्यान दिनु उचित हुनेछ ।
बृश्चिकः— मानसिक तनावले स्वास्थ्यमा बाधा उत्पन्न होला । निर्णय दिने बेलामा  हेसियारी  अपनाउनु उचित छ । 
धनुः— कठोर परिश्रमको सामना गर्नु पर्ला । दाम्पत्य जीवन सफल रहला । 
मकरः— नयाँ जिम्मेवारी थपिएला । दैनिक रोजगारमा पनि सामान्य बाधा उत्पन्न होला । प्रेममा सफलता मिल्ने छ ।
कुम्भः— लामो यात्राको योग रहेको छ । अपरिचित् व्यक्तिबाट सामान्य धन लाभ होला ।  
मीनः— शारीरिक बल कमजोर रहला । धार्मिक कार्यमा मन जानेछ । 
 “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता