ब्यापारीको अगुवाईमा पाथिभरामा सरसफाई

रोङ, २२ असोजः इलामको पाथिभरा मन्दिर क्षेत्रमा शुक्रबार सरसफाइ कार्य भएको छ । भक्तजनहरुले मन्दिरमा चढाउन ल्याएको वस्तुहरु यत्र तत्र फालिएको र भित्रिदै गरेको नौरथा पर्वमा मन्दिरमा विशेष पुजाआजा हुने भएकाले उक्त क्षेत्रका ब्यापारी समुहको सक्रियतामा सरसफाइ गरिएको हो । 
मन्दिर क्षेत्र फोहोर भए भक्तजन कम आउने र त्यसको प्रत्यक्ष असर ब्यापारीहरुलाई पर्ने भएकाले मन्दिर क्षेत्रको सरसफाइ गरिएको पाथिभरा माला ब्यापारी समुहका सचिव मिलन भूजेलले बताए ।  पाथिभरा मन्दिरमा हरेक वर्ष घटस्थापना देखि महानवमीसम्म महादुर्गाको सप्तसती पाठ हुने गरेको छ । फोहोर ब्यवस्थित रुपमा बिसर्जनको लागि ब्यापारीहरुले स्वनियम बनाएको ब्यापारी समुहका उपाध्यक्ष दिनेश निरौलाले बताए । ‘प्रत्येक पसलले आप्mनो पसलको अगाडि एउटा डस्टबीन अनिवार्य रुपमा राख्नु पर्ने ब्यवस्था मिलाएका छौ । 
उपाध्यक्ष निरौलाले भने, ‘पसलमा सिसाजन्य वस्तु बिक्री बितरणमा रोक पनि लगाएका छौ । सिसाजन्य वस्तु जस्तै ऐना, बोतल लगायतको वस्तु फुटेर चोटपटक लाग्ने मानवीय दुर्घटना हुने सम्भावना भएकाले रोक लगाइएको निरौलाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता