
२०७५/६/२२ गते सोमवार, आश्विन कृष्ण चतुर्दशी, सूर्योदय विहान ५ः५९, सूर्यास्त बेलुकी ५ः४२, नक्षत्रः उत्तर फाल्गुनी, योगः ब्रम्ह, करणः शकुनि,चन्द्र राशिः कन्या
मेषः सुख प्राप्त हुनेछ लामो यात्राको योग छ घरमा धार्मिक अनुष्ठान सम्पन्न होलान् ब्यापार नाफामा जानेछ । सबैलाई विश्वासमा लिएर केही काम पुरा गरिने छ खेलकुद तथा मनोरन्जनमा खर्च हुने योग रहेको छ ।
वृषः लामो प्रयासबाट मात्र कार्य सिद्धि हुनेछ विवादित कुरामा नबोलेकै बेस हुनेछ काममा जस भन्दा अपजस बढी पाइने छ । आत्मियजन टाढिने छन् स्वास्थ्य प्रतिकूल हुने देखिएको छ र लेनदेनमा विवाद आउन सक्ने छ ।
मिथुनः प्रेम सम्बन्धमा समस्या देखिने छ सोचेका काम अधुरै रहलान् दिनको अन्त्यमा अचानक धन प्राप्ति योग रहेको छ ।
कर्कटः व्यर्थको काममा खर्च हुने योग छ परिचित व्यक्तिबाट असहयोग होला स्वास्थ्यमा धन खर्च होला यात्रा कस्टकर हुनेछ । मध्यान्नबाट सामाजिक कार्यप्रति ध्यान जाने देखिएको छ रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ ब्यापार लाभ दिने वाला छ ।
सिंहः दिनभर नै भाग्योदयको योग रहेको छ सानो प्रयासले ठूलो आम्दानी हात पर्नेछ ब्यापारमा देखिएका समस्याको समाधान हुनेछ । नसोचेको कुरा सुन्नु पर्दा चिन्ता लाग्ने छ ब्यापार प्रतिफल कम दिने वाला रहने छ रमाइलाकार्यमा तपाईको ध्यान जानेछ ।
कन्याः विवादहरु सहजै हल हुनेछन् प्रतियोगिता आदिमा तपार्इँको जीत अवश्य हुनेछ आफ्ना कमजोरी सुधार्ने मौका छ । आथिर्क कार्य सफल भए पनि सामाजिक काममा बाधा पर्नेछ नसोचेको काममा लगानी गरिने योग छ ।
तुलाः आत्मीयजन तपाईको सहयोगका लागि समर्पित हुनेछन् ताकेको काम पुरा हुनेछ सबैको हितका लागि बोलिने छ । जिम्मेवारीबाट च्युत भइने बेला छ आथिर्क कारोवार भने शुभ रहने छ । भेटघाट र भलाकुसारीमा समय व्यतित हुने छ ।
वृश्चिकः विवादमा नपरेको बेस अन्त्यथा आफू कमजोर परिने छ समयलाई ध्यान नदिँदा अवसर गुम्ने भय रहने छ । परदेशको बास हुनेछ आथिर्क कारोवार धरासायी हुने देखिएको छ आफन्तहरु टाढिने छन् शिक्षामा अरुची होला ।
धनुः परिवारमा खुसियाली छाउने छ तपार्इँका साना गल्तीले अरुलाई पिरोल्ने भएकोले कार्यमा सावधान रहनु पर्ला । आत्मबल बढ्ने छ पारिवारिक जिम्मेवारी पाइने छ लक्षित कार्य पुरा हुनेछ पारिवारिक वातावरण असाध्यै मैत्रीपूर्ण हुनेछ ।
मकरः धन सम्पत्तिको प्रयोगमा असाध्यै सावधान रहनु पर्नेछ बोलीको कारण अरुलाई पर्न गएको बाधा प्रति क्षमायाचना गर्नुपर्ला । आय भन्दा व्यय भार आकासिने छ लामो दुरीको यात्रा सम्भव हुने देखिएको छ विचारमा समेत आफू तल परिने छ ।
कुम्भः आज बुद्धि र विवेकले काम लिनु पर्ने दिन छ बल भन्दा विचारमा लागे फाइदा होला तार्किक विषयमा विवादित हुनुपर्ला ब्यापार तथा बिजिनेशमा थोरै जोखिम उठाउनु पर्ने देखिन्छ ।
मीनः सुखमा वृद्धि हुनेछ पारिवारिक झमेला दुर हुने छन् सामाजिक कार्य सफल हुनेछ राजनैतिक कार्यमा लागे सफल भइने छ । दिनको अन्त्यमा काम बन्नाले उत्साह जाग्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आँटेको काम समयमा गर्न नसकिएला ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”