आज अष्टमी हेर्नुहोस् तपाईँको राशिफल कस्तो छ?


वि.सं. २०७५ आश्विन ३१ गते बुधवार, ईसवीय सन् २०१८ अक्टोवर  १७ ,आश्विन शुक्ल अष्टमी, महाअष्टमी,सूर्योदय विहान ६ः०४ ,सूर्यास्त बेलुकी ५ः३३, नक्षत्रः उत्तरषाढा, योगः सुकर्मा, करणः बव, चन्द्र राशिः मकर
मेषः— आफन्तजनसँगको भेटघाटमा रम्न सकिनेछ । मन सन्तुष्ट रहला । 
बृष :— साहित्य र प्रेममा सफलता मिल्ने छ । स्वास्थ्य प्रतिकूल रहला । 
मिथुनः— आम्दानी बढाउने काम गर्न सकिनेछ । साथीभाइको सहयोग मिल्नेछ । 
कर्कटः— शत्रु भय रहेको छ । बोलिको कारणले अपमानित हुनु पर्नेछ सजग रहनुहोला  । 
सिंहः— स्वअध्ययनको क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास होला । 
कन्याः— सामाजिक क्षेत्रमा काम गर्न हौसला मिल्ने छ । मान सम्मानमा बृद्धि होला । 
तुलाः— सन्तान सुख मिल्नेछ । आँटेका र तोकेका कार्य पूरा हुनेछन् ।     
बृश्चिकः— जोश,जाँगर  र हौसला बढ्ला । कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ । 
धनुः— छोटो दुरीको यात्रा सम्भव रहेको देखिन्छ । प्रयत्न गरे धन लाभ होला  ।    
मकरः—  श्रमको मूल्याङ्कन हुन नसक्दा बाधाहरु  आउन सक्छन् । धैर्यता गुम्ने खतरा छ ।
कुम्भ— पेटको समस्याले स्वास्थ्यमा बाधा आउन सक्छ । खानेकुरामा संयमता देखाउनुपर्ने छ । 
मीनः— आफ्ना मान्छेबाट धोका होला । धर्म कर्ममा मन लगाउन सके आजको दिन शुभ हुनेछ ।    
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता